कपिलवस्तु, कार्तिक २१
सन्तानको भविष्य सुनिश्चितताका लागि विकास प्रेमि दल नेकपा एमालेलाई रोज्नुको विकाल्प नभएको कपिलबस्तु क्षेत्र नं. १ का प्रतिनिधी सभाका उम्मेदवार बलराम अधिकारीले दाबी गर्नुभएको छ । देशमा २० बर्ष सम्म हुन नसकेको विकास निमार्ण नेकपा एमालेको केपी ओली सरकारले ३ बर्षमा गरेर देखाएको बताउदै विकास प्रेमि दल मात्र नेकपा एमाले रहेको औल्याउनुभयो । उम्म्ेदवार अधिकारीले देशको विकास र आउने सन्ततिको भविष्य सुनिश्चितताका लागि आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो ।
बाणगंगा नगरपालिका वडा नंं ५ र ६ मा मतदाता भेटघाट तथा घरदैलो गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले बर्तमान गठबन्धन सरकारले देशमा महङगी मात्रै बढाएको, देशको अर्थतन्त्रलाई ध्वस्त पारेको भन्दै यो सरकारले नेपाली जनताको हित गर्न नसक्ने ठोकुवा गर्नुभयो ।यस्तै निर्वाचन क्षेत्र नं. १ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार विष्णु पन्थीले एमाले नेतृत्वको प्रदेश सरकार हुदा बाणगंगा नगरपालिका भित्र धेरै विकास निर्माणका कामहरु सम्पन्न भएको बताउनुभयो । गाउ गाउमा एमाले सरकारकै पालामा कालोपत्रे , पुलपुलेसा, सडकको स्तर उन्नती भएको, लक्ष्मणघाट बोलबम धामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न बजेट विनियोजन गरेको, लक्ष्मणघाट माध्यमिक विद्यालयमा ३५ लाख बजेट विनियोजन गरेको , कोपवा माविमा कम्युटर शिक्षाका लागि आवश्यक बजेट विनियोजन भएको बताउनुभयो ।
साथै उहाले केपी ओली नेतृत्वकै सरकारले आफ्नो गाउ आफै बनाउ अभियान सन्चालन गरेको, युवाहरुलाई रोजगारी प्रदान गर्नका लागि प्रधामन्त्री रोजगार कार्यक्रम संचालन गरेको बतउनुभयो ।यसैगरी प्रतिनिधी सभाका समानुपातीक उम्मेदवार जन्जिर प्रसाद थारुले शिक्षा, स्वास्थ्य, कृषि रोजगार र देशको समृद्धिका लागि ओली नेतृत्वको नेकपा एमाले सरकारको आवश्यक रहेकोे बताउनु भयो ।उहाले नेकपा एमाले बृद्ध आमा बुबा , एकल महिला, अपांगता भएका व्यक्ति , बालबालिका, विद्यार्थी सबै जनताको समस्या सुन्ने र बुझ्ने पार्टी भएको बताउनुभयो ।
बाणगंगा नगरपालिका वडा नं. ५ को मधौलीया, झण्डा, खुटेनी, सेमरखोर, कोपावा त्यसैगरी वडा नंं. ६ को लक्ष्मणघाट, गणेशपुर गन्र्धवटोल, फुलबारी टोल, मनोहरापुर, बैदौली, बनकसिया, भग्लापुर लगाएतको स्थानमा मतदाता भेटघाट, अन्तरक्रिया र घरदैलो गरिएको हो ।
प्रतिक्रिया