कपिलवस्तु
नेकपा एमाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार इन्जीनियर बृजेश कुमार गुप्ताले नागरिकताबाट बन्चित रहेका नागरिकले नागरिकता पाउने बताउनु भएको छ । बुद्धभूमि नगरपालिका ८ हरिहरपुरमा घरदैलो गर्ने क्रममा उहाँले एमाले नेतृत्वको सरकारले नागरिकताका समस्या समाधान गर्ने बताउनु भयो ।
संसदमा नागरिकता विधयेक दर्ता गर्ने दल एमाले रहेकोले एमाले प्रति शंका नगर्न आग्रह गर्नु भयो । ओली सरकारले दर्ता गरेको विधयेक गठवन्धनका दलले पास हुन नदिएको दाबी गर्नु भयो । उहाँलेघरदैलोको क्रममा उहाँले डुमरा, हरिहरपुर महाराजगन्ज सडक आफु र दिर्घ नारायण पाण्डेको पहलमा आएको बताउनु भयो । डिपिआर गर्दा जनताको चाहना अनुसार गराउनको लागि बुद्धभुमि नगरपालिका वडा नम्बर ९ का तत्कालिन वडा अध्यक्ष खुमानन्द न्यौपानेले सहयोग गरेको बताउनु भयो । उहाले हरिहरपुर तालमा सिंचाईको लागि ५० लाख बजेट व्यवस्था गरे पनि नगरपालिकाले काम नगर्दा रकम ल्याप्स भएको बताउनु भयो ।
२१ कार्तिक २०७९, सोमबार








प्रतिक्रिया