खोज–अनुसन्धान

पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग : एमाले राप्रपा गठबन्धनलाई सघाउने



बुटवल २१ कार्तिक ।लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेले लोसपा पार्टी परित्याग गरेकी छन् । उनले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरेर लोसपा पार्टी परित्याग गरी रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने बताएकी हुन् ।लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग, वन तथा वातावरण मन्त्रीसमेत रहेकी पाण्डेले लोसपामा व्यक्तिवादी हाबी भएकाले पार्टी परित्याग गरेको बताइन् ।

पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी हुँदा पार्टी परित्याग गरेको बताइन् ।मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभामा बोहरा, जसपाका नेता तथा प्रदेश सभा क का उम्मेदवार महेन्द्र यादव र नेकपा एमालेका नेता तथा प्रदेशसभा ख का उम्मेदवार तुल्सि चौधरीलाई समर्थन गर्ने उनले बताइन् ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६