जीवनशैली

खानी बन्द : सिमेन्ट उद्योग समस्यामा



घोराही २२ कात्तिक । दाङको घोराही सिमेन्ट उद्योगको खानी उत्खनन बन्द हुँदा उद्योगसँगै कामदार समस्यामा परेका छन्। १० महिनादेखि चुनढुङ्गा निकाल्ने काम रोकिएको छ।
सम्झौता बमोजिम उद्योगले घोराही–मुर्कुटी सडकखण्डको तापा चोकदेखि चुनढुङ्गा खानीसम्मको तीन किलोमिटर सडक कालोपत्रे नगरेको भन्दै बङ्गलाचुली गाउँपालिकाले गत वर्षको पुस १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाइएको हो। टिप्पर चल्न नपाएपछि चुनढुङ्गा निकाल्ने काम पनि रोखिएको हो।
लामो समय टिप्पर सञ्चालन गर्न नदिएपछि कामदारलाई समस्या भएको खानी उत्खनन क्षेत्रमा काम गर्दै आउनुभएका बङ्गलाचुली गाउँपालिकाका भोजराज पन्तले गुनासो गर्नुभयो।
उद्योगमा करिब एक हजार र खानी क्षेत्रमा करिब ७० जनाले रोजगारी पाएका थिए। अहिले खानी क्षेत्रमा काम गर्दै आएका सबै र उद्योगमा काम गने धेरैजसो मजदुर बेरोजगार भएका छन्। खानी सञ्चालन हुँदा दैनिक दुई सयदेखि २५० वटा टिप्पर सञ्चालन हुने गरेको थियो। लामो समयसम्म चुनढुङ्गा उत्खनन बन्द भएपछि घोराही सिमेन्ट उद्योगले ७० प्रतिशत उत्पादन कटौती गरेको उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले जानकारी दिनुभयो।
टिप्पर सञ्चालनका लागि पटकपटक पहल गरे पनि निकास निस्कन नसकेको घोराही सिमेन्ट उद्योगले जनाएको छ। दैनिक पाँच हजार टन क्लिङ्कर र ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योगमा ३२ अर्ब रुपियाँको लगानी रहेको छ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६