प्रदेश

ब्याज वृद्धिको विरोधमा व्यवसायी



घोराही २२ कात्तिक । मङ्सिर ४ गते हुन थालेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार मतदाता भेट्न सहरदेखि गाउँगाउँसम्म पुगेर निर्वाचनको वातावरण तताइरहेको समयमा उद्योगी तथा व्यवसायी भने आन्दोलनमा जुटेका छन् ।
वाणिज्य बैङ्कले वृद्धि गरेको ब्याजदरविरुद्ध व्यवसायीले सडक आन्दोलन थालेका हुन्। दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको नेतृत्वमा उद्योगी तथा व्यवसायीले सोमबार घोराही, तुलसीपुर र लमहीलगायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । निजी क्षेत्रलाई धराशायी बनाउने गरी बैङ्क तथा वित्तीय संस्थाले महिनैपिच्छे बढाइरहेको कर्जा ब्याजदर घटाउनुपर्नेलगायतका माग गर्दै उद्योगी तथा व्यवसायी आन्दोलित बनेका हुन्।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजीसम्बन्धी निर्देशन र त्यही निर्देशनका आडमा निजी क्षेत्रलाई धराशायी बनाउने गरी बैङ्कले गरेको ब्याजदर वृद्धिविरुद्धमा व्यवसायीले आन्दोलन थालेको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क बुढाथोकीले बताउनुभयो।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६