प्रदेश

गठबन्धन बाहेक अरु कसैले सरकार बनाउने सपना नदेखे हुन्छः उम्मेद्वार बलदेव




कपिलवस्तु, २२ कार्तिक ।
नेकपा माओवादी केन्द्रका सचिव तथा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार चक्रपाणि खनाल बलदेवले कपिलवस्तु सहित देशभर सबैभन्दा ठुलो समस्याको रुपमा रहेको भुमिसम्बन्धी समस्यालई गठबन्धनको सरकाले समधान गरि प्रत्येक सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गर्ने दाबी गर्नुभएको छ । यदि गठबन्धनको सरकार बनेर सुकुम्बासी परिवारको हातमा लालपुर्जा वितरण गर्न नसके पछि बन्ने आफ्नै सरकारको पनि केही अर्थ नहुने उहाँले बताउनु भएको हो । केहीले सुकुम्बासीको समस्यालाई चुनावी एजेण्डा बनाएको आरोप लगाए पनि आफुहरुले त्यस्तो नगरेको बताउँदै आफुहरुले नापी लगायतका भुमि सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रसगँ छलफल गरेर हातहातमा लालपुर्जा दिने आश्वासन दिनुभएको छ ।

सोमवार जिल्लाको चारनम्बर चोकमा भएको कोणसभा कार्यक्रममा बोल्दै अबको निर्वाचन पछि गठबन्धन बाहेक अरु कसैले सरकार बनाउने सपना नदेख्न आग्रह गर्नुभएको छ । उहाँले संविधानलाई खेलौना सम्झिने दलहरुले अब चुनाव जितेर सरकारमा जाम्ला भन्ने सपना नदेख्न आग्रह गर्नुभएको हो । काङ्ग्रेस सङ्ग धेरै पहिला देखी नै सहयात्रा गरेर देशमा ठुलाठुला परिवर्तन गरेको भन्दै अबको निर्वाचनमा अहिलेकै गठबन्धनको सरकाल बन्नेमा विश्वस्त रहन उहाँले आग्रह गर्नुभएको छ ।

त्यस्तै चारनम्बर बजारलाई व्यवस्थित तरिकाले विकास गर्ने पनि बताउनु भएको छ । कपिलवस्तुको केन्द्रको रुपमा रहेको चारनम्बर बजारलाई गठबन्धनको सरकारले सुविधा सम्पन्न सहरको रुपमा विकास गर्ने बताउनु भयो । त्यस्तै उहाँले कपिलवस्तुलाई खेल क्षेत्रमा अघि बढाउनको लागि बुद्ध रङ्गसाला, मायादेवी रङ्गसाला लगायत जिल्लाका विभिन्न खेलमैदानलाई पनि व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६