प्रदेश

गठबन्धनलाई जिताउन नेपाल भु.पु. सैनिक संघ कपिलवस्तुको साथ



कपिलवस्तु २३ कार्तिक ।

नेपाल भूपू सैनिक संघ कपिलवस्तुद्वारा निर्वाचन परिचालन समितिलाई सक्रिय गराउँदै अहिलेको निर्वाचनमा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ । मंगलवार बसेको बैठकले आगामि मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउन अहम भुमिका खेल्ने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा सदस्यका उम्मेद्वार र प्रदेशसभा सदस्यका उम्मेद्वार हरुलाई सहयोग गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै भू.पू. सैनिक संघका केन्द्रीय अध्यक्ष (कर्नेल) धन बहादुर मास्कि रानाले गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै गठबन्धनलाई नै जिताउने बताउनु भएको थियो ।

संघका अध्यक्ष क्याप्टेन रुद्र बहादुर क्षेत्रीको अध्यक्षता, नेपाल भू.पू. सैनिक संघका केन्द्रीय अध्यक्ष (कर्नेल) धन बहादुर मास्कि रानाको प्रमुख आतिथ्यता, कपिलस्तु क्षेत्र नम्बर १ क का उम्मेद्वार विक्रम सिंह थापाको विशिष्ट आतिथ्यतामा बसेको बैठकले निर्वाचनमा गठबन्ध्नका उम्मेद्वारलाई जिताउन अहम भुमिका खेल्ने निर्णय गरेको हो ।

भुपु सैनिक संघ जिल्ला सचिव सुवेदार नन्द बहादुर थापाको संचालनमा सम्पन्न भएको कार्यक्रममा कयौँ भुपु सैनिक सहित संघका पदाधिकारीको उपस्थिती रहेको थियो ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६