प्रदेश

बाणगंगाले जित्यो बनगाई-भलवाड जोड्ने पुलको निर्माण रोक्न दिएको मुद्दा



कपिलवस्तु, २३ कार्तिक ।बाणगंगा नगरपालिकाले बनगाई-भलवाड जोड्ने पुलको निर्माण रोक्न दिएको मुद्दा जितेको छ । बनगाई -भलवाड जोड्ने पुलको निर्माण रोक्न दिएको रिट पुनराबेदन अदालत बुटवलले खारेज गरिदिए पछि नगरले मुद्दा जितेको हो । इजलाश नम्वर १ मा परेको पेसीमाथि न्यायधिश राम प्रसाद ओली र सरला पाण्डेको संयुक्त इजलाशले रीट खारेज गरेको वहशमा सहभागि अधिबक्ता एवम बाणगंगा नगरका कानुनी सल्लाहकार हुमनाथ पाण्डेले जानकारी दिनु भयो । साविक मोतिपुरका झविन्द्र आचार्यले पुल बन्न टेडर भएपछि उक्त जग्गा आफ्नो ब्यक्तिगत स्वामित्वमा रहेको र क्षेती पूर्ति विना पुल वनाउृदा ब्यक्तिगत रुपमा ठूलो क्षेती पुग्ने भन्दै अदालतमा रीट दायर गरेका थिए । ४ करोड बढी लागतमा पुल बन्ने गरी लुम्विनी प्रदेश सरकारवाट वजेट परेर टेण्डर भएपछि काम शुरु हुने बेलामा रीट परेपछि अदालतले निर्माणमा रोक लगाएको थियो ।

त्यसपछि भएको स्थलगत नापी तथा स्थानीयको सर्जमिन मुचुल्का दुबैले उक्त जम्मा सार्वजनिक नै भएको ठहर भएपछि अदालतले रीट खारेज गर्ने ठहर गरेको हो । अयता एकवर्ष देखि निर्माणाधिन पुल अलपत्र परेपछि पटक पटक पेशी चढेपनि विविध कारणले स्थगनमा पर्दै आएको थियो । यता बाणगंगाका मेयर चक्रपाणी अर्यालले अव भोलीवाटै पुलको काम सूचारु गर्न निर्माता कम्पनीलाई आग्रह गरेका छौ भन्दै भोलीवाटै काम शुरु भई छोटो समयमा निर्माण हुने वताउनु भयो ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६