ब्रेकिंग न्युज

घरदैलोको क्रममा बाणगंगा ११ मा ५ सय बढी नेकपा एमालेमा प्रवेश



सरिता थारु
कपिलबस्तु, कार्तिक २३
देशमा विकासको जग बसाल्ने पार्टी नै नेकपा एमाले रहेको कपिलबस्तुको निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधी सभाका उम्मेदवार बलराम अधिकारीले दाबी गर्नुभएको छ । उहाले मेची देखि महाकाली सम्म देशभरी नै सडकको निर्माण, विस्तार, स्तरउन्नती, कालोपत्रेको सुरुवात ओली सरकारकै पालामा भएको बताउनुभयो । २०७४ सालको निर्वाचन पछि केपी ओली नेतृत्वको सरकार हुदा भारतले गरेको अघोषित नाका बन्दि र कोरोना महामारीका बाबजुद पनि देशमा अथाह विकास भएको उहाले बताउनुभयो । बाणगंगा नगरपालिका वडा नं।११ को विभिन्न गाउमा भएको चुनाव प्रचार प्रसार तथा मतदाता भेटघाट गर्दै उहाले यस्तो बताउनुभएको हो ।
यसैगरी निर्वाचान क्षेत्र नं।१ को १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार विष्णु पन्थीले एमालेको प्रदेश सरकार हुदा वडामा सडक, बत्ती, कृषि, संचाई, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा उल्लेख्य रुपमा बजेट विनियोजन भई काम समेत सम्मपन भएको बताउनुभयो । गठबन्धनको प्रदेश सरकारले प्रदेशमा जनताको आवश्यकता बुझुनु भन्दा पनि आफ्ना कार्यकर्ता पोस्नका लागि मन्त्रीहरुको संख्या मात्र बढाएको औल्याउनुभयो । उहाले जनताको अवश्यकता पुरा गर्न विकास निर्माणमा बजेट विनियोजन गर्नुभन्दा पनि मन्त्रीहरुलाई तलब भत्ता मात्रै खुवाउनमा व्यस्त रहेको आरोप लगाउनुभयो ।
यस्तै घरदैलो तथा मतदाता भेटघाटमा प्रतिनिधी सभाका समानुपातीक उम्मेदवार जन्जीर प्रसाद थारुले नेकपा एमाले सुकुम्बासी, सर्वहारा, श्रमजिवी सबैको पार्टी भएको औल्याउदै २०५१ साल र २०७४ सालमा एमाले नेतृत्वका सरकार हुदा भुमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण, बालबालिकालाई पोषण भत्ता वितरण गर्ने कामको सुरुवात गरेको दाबी गर्नुभयो । उता प्रदेश सभाका समानुपातीक उम्मेदवार गिरीधारीलाल न्यौपानेले देशमा विकास, समृद्धी, शुसासन कायम गर्न, भोकमरी अन्याय र अत्याचारका अन्त्य गर्न देशमा एमाले नेतृत्व सरकार बनाउनुको विकल्प नरहेको दाबी गर्नुभयो । अहिले एमाले संग डराएर ५ दलिय गठबन्धन भएको र मिलिजुली बसौ बांडीचुडीं खाऔ भन्ने अभियानमा सत्ता गठबन्धन लागेको औल्याउनुभयो ।
यसैविच आज भएको घरदैलो तथा मतदाता भेटघाटका क्रममा वडाको विभिन्न स्थानमा भएको अनौपचारीक कोण सभाका अवसरमा नेपाली कांग्रेस, नेकपा माओवादी लगाएत पार्टी परित्याग गरी ५ सय बढी जना नेकपा एमालेमा प्रवेश गरेका छन् । वडा नंं। ११ को बनकटवा टोलमा कमर अमद तुफेलको नेतृत्वमा, भुषाल टोलमा रवि भुषालको नेतृत्व, महुवाबारीमा शुशिला मगरको नेतृत्व त्यसैगरी भड्डीहवामा सोमई थारुको नेतृत्वमा पार्टी प्रवेश गरेका छन भने , मैनहरा, मैरी, प्रोजेक्ट टोल, देउवापार, हथौसा, मर्थी, भड्सडवा, दक्षिण चेतिया, उत्तर चेतिया, घरबुधिया, चितरपुरा, बरवा, पदमपुर र ओदारीमा भएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमको अवसरमा भएको अनौपचारिक सभाको क्रममा विभिन्न पार्टी परित्याग गरि ५ सय बढी जना नेकपा एमालेमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई प्रतिनिधी सभाका उम्मेदवार बलराम अधिकारी, समानुपातीक उम्मेदर जन्जिर प्रसाद थारु, क्षेत्र नं। १को १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार विष्णु पन्थी समानुपातिक उम्मेदवार गिरीधारी लाल न्यौपाने लगाएतले टिका माला लगाई प्रवेश गरानुभएको हो । कार्यक्रममा बोल्दै नवप्रवेशीहरुले नेपाली जनताको सुख दुख बुझ्ने पार्टी नेकपा एमाले मात्रै रहेको बताउदै कुनैपनी हालतमा नेकपा एमालेका उम्मेदवारलाई जिताएरै छाड्ने प्रतिबता जनाएका छन्

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६