खोज–अनुसन्धान

पूर्व जनप्रतिनिधी, जनमुक्ति सेना र वाइसिएल एमालेमा प्रबेश




गुल्मी २३ कार्तिक । गुल्मीमा नेकपा माओवादी केन्द्रका क्रियाशील केही नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।वुधबार गुल्मीको सदरमुकाम तम्घासस्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओवादी केन्द्र गुल्मीका सदस्य तथा पूर्व धुर्कोट गाउँपालिका कार्यपालिका सदस्य कमला घर्ती, रेसुङ्गा नगर कमिटी सह(सचिव कमला परियार, सदस्य इन्दिरा मगर र पूर्व जनमुक्ति सेना तथा वाई।सि।एल जिल्ला सदस्य ज्ञानुराम खनाल एक कार्यक्रमका विच प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य काशी पाण्डेले बताए ।
उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले पार्टीमा स्वागत गरेका हुन् । उनीहरुको आगमनले नेकपा एमालेको संगठमा थप उर्जा थपेको बताए ।निर्वाचनमा नेकपा माओवादी केन्द्र विभिन्न दलसंग गठबन्धन गरी पार्टीलाई देशबाट नै विलय गर्ने खोजिएकाले कम्युनिष्ट शक्ति बलियो बनाउन एमालेमा प्रवेश गरेको कमला घर्तीले बताइन् । अहिले अपवित्र गठबन्धनबाट नेपाली जनताले मुक्ति नपाउने भएपछि विकल्प खोजिएको घर्तीले बताइन् ।
आफू कम्युनिष्ट आन्दोलनको योद्धा भएकाले गठबन्धनले नेपाली जनताको माग र आवश्यकता नेकपा एमाले पार्टी वाहेक अरुले पुरा नगर्ने घर्तीले बताइन् । पार्टी प्रवेश कार्यक्रममा ज्ञानुराम खनाल बोल्दै जनमुक्ति सेनामा रहेर पार्टी र जिम्मेवार नेतालाई काधँमा राखेर अगाडि बढेको र आफूजस्ता योद्धालाई पार्टीले वेवास्ता गरेको गुनासो गरे ।जनमुक्ति सेना, वेपत्ता, घाइते,अपागंका परिवारलाई पार्टीले संरक्षण र व्यवस्थापन नगर्दा उनीहरुलाई विस्थापित हुनुपर्ने अवस्था सृजना भएको खनालले बताए ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६