जीवनशैली

ज्येष्ठ नागरीकलाई भत्ता लिन सकस



घोराही २४ कात्तिक । निर्वाचनका क्रममा राजनीतिक दलहरूले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेको छैन।
सामाजिक सुरक्षा भत्ता लिन सहर तथा बैङ्क भएको स्थानमा जानुपर्ने बाध्यताले दुःख पाउने गरेका छन्। सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि जिल्लामा ज्येष्ठ नागरिकहरूले दिनभरि पैदल हिँडेर बजारमा रहेको बैङ्कसम्म पुग्नुपर्ने बाध्यता छ।
सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि दिनभर हिँडेर बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीमा रहेको बैङ्कमा पुग्नुपर्ने बाध्यता रहेको ७६ वर्षीया टीका गाहामगर बताउनुहुन्छ। वृद्ध भत्ताका लागि जबरकोटबाट बिहान ६ बजे हिँडेर श्रीमान् र नातिसँगै मुर्कुटी आइपुगेको उहाँले बताउनुभयो। त्यसैगरी घोराही उपमहानगरपालिका–१, काडाकुटी निवासी ९२ वर्षीय होमलाल पौडेल पनि सामाजिक सुरक्षा भत्ताका लागि बिहान ८ बजे घोराहीस्थित सिभिल बैङ्कमा लाम लाग्न पुग्नुभयो। स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि वडा नं। १ का ज्येष्ठ नागरिकलाई सिभिल बैङ्कमा व्यवस्था गरिदिएपछि आपूmले विगत एक वर्षदेखि बैङ्कबाट भत्ता बुझ्दै आएको उहाँले बताउनुभयो।
शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिकलाई सम्भव भए घरमै र त्यहाँ पनि नभए वडा कार्यालयबाट वृद्ध भत्ता बुझ्ने व्यवस्था गरिदिएमा सहज हुने काडाखुटी निवासी ७१ वर्षीय खुमानन्द गिरी बताउनुहुन्छ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६