प्रदेश

राष्ट्रपति भण्डारी डब्लूपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानित




काठमाडौं, २४ कात्तिक ।
विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर (डब्लूपीएल)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ट्रेलब्लेजर अवार्डबाट सम्मान गरेको छ ।

आइसल्याण्डमा आयोजित रेक्साभिक ग्लोबल फोरममा राष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो । सो सम्मेलनमा भाग लिन उनी गत सोमबार आइसल्याण्ड गएकी थिइन् । उनले सम्मेलनलाई सम्बोधन पनि गरिन् ।

राष्ट्रपति भण्डारीसँग विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट समेत गरेका छन् । राष्ट्रपति भण्डारीसँग आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषदका अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैंगिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीसमक्षम ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसदका पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषदका महासचिव लाउरा लिजउड र युएन वुमनका कार्यकारी निर्देशक सीमा बाहोसले पनि शिष्टाचार भेट गरेकी थिइन् । सम्मेलनका क्रमममा नै राष्ट्रपति भण्डारीसँग आइसल्याण्डबाट सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेका महिलाहरुले पनि भेट गरे ।

यसैगरी आइसल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रपति भण्डारीले सम्बोधन पनि गरेको उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६