कपिलवस्तु, २४ कार्तिक । आसन्न मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुबाट लौरो चिन्ह लिएर चुनावी मैदानमा होमिएका उम्मेद्धार देबेन्द्र कुमार शर्मा दैनिक मतदाताको घरघरमा पुग्छन । उनले पाका पुस्ताका मतदतासँग शिर निहुराएर आर्शिवाद थापिरहेका भेटिन्छन् । उनी आउँदो निर्वाचनमा आफूलाई जिल्लाको विकासका लागि प्रतिनिधि सभामा पुर्याउन पनि मतदातालाई आग्रह गर्ने गरेका छन् । उनको उम्मेद्धारी कपिलवस्तु एक मा बढी चर्चामा छ । ठूला दलका पुराना उम्मेद्धारका बिचमा नयाँ पुस्ताको युवाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अठोटका साथ होमिदा धेरैले उनको यो हिम्मतको प्रशंसा पनि गरेका छन् ।
कपिलवस्तुको विकासका लागि मेरो उम्मेद्धारी होः देबेन्द्र कुमार शर्मा
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेद्धार बनेका युवा उम्मेद्धार इन्जिनियर देबेन्द्र कुमार शर्माले आफ्नो घरदैलो र चुनावी घेटघाट दक्षिणबाट उत्तरतिर केन्द्रित गरेका छन् । उनले जनताको घरघरमा पुगेर मत मागेका छन भने मतदाता पनि उनीसँग उत्साहित देखिएका छन् ।
लौरो अभियान अन्र्तगत लौरो चुनाव चिन्ह लिएर उम्मेद्धार बनेका शर्माले जिल्लाका विभिन्न स्थानका कार्यक्रमहरुलाई सम्बोधन गर्दै आफू जिल्लाको विकास पछाडि परेका कारण उम्मेद्धार बन्नु परेको बताउने गरेका छन् । यस अघिका निर्वाचित जनप्रतिनधिले खासै वास्ता गरेका कारण देशभरका तराइका जिल्लामा कपिलवस्तु पछाडि परेको उनले बताएका छन् । कपिलवस्तुका जनताले विकास खोजेको भन्दै आफूले मिठा नारा र कागजी घोषणा पत्रमा मात्रै विकास गर्नुको साटो निर्वाचन जितेपछि वास्तविक विकास के हो देखाउन चाहेको पनि जिकिर गरेको छन् ।
जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर २ मा आयोजित एक कायृक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, किसानलाई समयमा मल र सिँचाईको उपलब्धता छैन, बालवालिकाहरुलाई राम्रो शिक्षाको ग्यारेण्टी छैन, इन्जिनियरिङ कलेजको कमी छ, यस्ता समस्याहरु समाधन गर्न मेरो उम्मेद्धारी हो । उनले भने ।
यसैबिच उम्मेद्धार शर्माले ठूला दलका उम्मेद्धार र कार्यक्रताहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई अवरोध पार्ने षड्यन्त्र गरेको पनि बताएका छन् । आफू बिरुद्ध चर्को आवाजमा माइकिङ गर्यो भनि उजुरी दिएको भन्दै यहाँका ठूला दलका उम्मेद्धारले राति ८ बजे सम्म पनि डिजे घन्काउँदा आफूले कुनै आपत्ति नजनाएको पनि बताए ।
मंसिर ४ पछि जनताले कसलाई जिताउने भन्ने तय गरीसकेकाले आफुलाई जति अवरोध पुर्याएपनि त्यसको जवाफ जनताले दिने उनले जिकिर गरे । आउदो संसदमा कपिलवस्तु १ बाट देबेन्द्र कुमार शर्मालको प्रवेश हुन्छ ढुक्क हुनुस्, उनले भनेका छन् ।








प्रतिक्रिया