ब्रेकिंग न्युज

घरदैलो कार्यक्रममा हिडेका रायमाझीलाई भेटेपछि स्थानीय भन्छन् : केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ



पशुपति गिरी
कपिलवस्तु, २४ कार्तिक ।
कपिलवस्तुमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसार तिव्र हुन थालेको छ । राजनीतिक दलका उम्मेदवारहरु यतिबेला आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त भएका छन् ।यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ का पदाधिकारीहरुले आज बाणगंगाको ५ ,६ र ख शुदोधन ५ मा भगवान् रुपि जनताका सुझाव सल्लाह ग्रहण गर्ने र अन्तर्किया गर्दै लगायतका ठाउँमा घरदैलो कार्यक्रम गरेका छन । निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउने प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझी, प्रदेशसभा क्षेत्र नम्बर ख का उम्मेद्वार भोजराज आचार्य लगायतको टोलीले गरेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा मतदाताले रायमाझीलाई भेटेपछि केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ भन्दै उत्साहित देखीन्थे ।

यसैबीच कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार ध्रुव बहादुर रायमाझीले चुनावी प्रचार प्रसारलाई तिव्रता दिनुभएको छ ।राप्रपाबाट कपिलवस्तु क्षेत्र नम्बर १ को प्रतिनिधि सभा उम्मेदवार बन्नुभएका रायमाझी यतिबेला घरदैलोमा भोट माग्नमा व्यस्त हुनु भएको छ । राप्रपाको उम्मेदवारलाई मतदाताले उत्साहका साथ समर्थन गरेको र घरदैलोमा न्यायो स्वागत पाएको रायमाझीले बताउनुभयो ।नीति र एजेण्डा लिएर युवा उम्मेदवार घरदैलोमा पुग्दा मतदाता धेरै उत्साहित भएको उम्मेदवार रायमाझीको बुझाई छ । राप्रपाका केन्द्रिय सदस्य समेत रहेका रायमाझीले नयाँ पुस्ता नविन सोच, युवा उद्यम र रोजगारीका लागि आफनो उम्मेदवारी भएको दावी गर्नुभएको छ । अन्य पार्टीलाई पटक पटक जनताले हेरिसकेकाले अव राप्रपाको उम्मेदवारलाई जिताउने दावी गर्नुभयो । आफनो पार्टीले सम्पूर्ण तहमा हुने भ्रष्टाचारलाई अन्त्य गर्ने नीति अनुरुप मतदातासंग राप्रपालाई भोट मागेको बताउनुभयो ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६