ब्रेकिंग न्युज

विकास निर्माणको जिम्मा एमालेले लिन्छ :अधिकारी



कपिलवस्तु, कात्तिक २४

नेकपा ९एमाले० कपिलवस्तु निर्वाचन क्षेत्र नं। १ का उम्मेद्वारहरु मतदाता भेटघाट तथा अगुवा कार्यकर्तासंग अन्तरक्रिया कार्यक्रमलाई तिब्रता दिईरहेका छन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै यस क्षेत्रको विकासका लागि एमालेका उम्मेद्वारहरुलाई जिताउन आवश्यक रहेको भन्दै मतदाताका समस्या र आवश्यकता बुझ्दै एमाले उम्मेद्वारहरु टोलटोलमा पुगेका छन् । आज बाणगंगा नगरपालिका वडा नं। १, ७, ९ का विभिन्न स्थानका स्थानीयका आवश्यकता र विकास निर्माणका सवालहरु बुझ्दै टोलटोलमा पुग्नुभएको छ ।

वडा नं। १ का बठनपुरा, उप्टहवा, वडा नं। ७ का बनगाई, कोईली बनगाई त्यस्तै ९ का भर्लावास, चौवा, भर्तापुर, बर्दहवा, पडरिया, जिनुवा, भलवाड, पुर्व जिनुवा, बक्सिपुर र शुद्धोधन गाउँपालिकाका विभिन्न वडाका मतदाताहरुसंग भेटघाट तथा अन्तरक्रिया गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कलम क्षेत्रीले जानकारी दिनुभएको छ ।

भेटघाटका क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले विभिन्न पार्टी सरकारमा आउँदा भएका काम र एमाले नेतृत्वको सरकारले गरेका काम बिच तुलना गर्न मतदातालाई अनुरोध गर्नुभयो । उहाँले एमालेले जम्मा ३ बर्ष सरकार चलाएको र त्यस माथि पनि कोरोना महामारीका वावजुत धेरै विकास निर्माणका काम भएको बताउनुभयो ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६