ब्रेकिंग न्युज

मिर्जाको घोषणापत्र कृषिलाई प्राथमिकता, पेन्सन र विमा



कपिलवस्तु -जनता प्रगतिशील पार्टी नेपालबाट उम्मेदवार बनेका कपिलवस्तु प्रदेश सभा सदस्य क्षेत्र नं३ (२) का उमेदवार मिर्जा रसिद वेगले किसानको खेतमा पुगेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।उनले आधुनिक र व्यावसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य सडक तथा पूर्वाधार सिचाइ तटबन्ध र ढल निकास व्यावसायिक कृषि उद्यम र रोजगारी युवा तथा खेलकुद उद्योग र व्यापार भूमि तथा बास व्यवस्था सामाजिक उत्तरदायित्व तथा पर्यटन जस्ताविषयलाई समावेस गरेर आफ्नो घोषणापत्र तयार गरेका छन् ।युवाहरुका माझमा लोकप्रिय बनेका वेगले आफ्नो क्षेत्र सुहाउँदो घोषणापत्र तयार गरेका छन्।

aआफुले जितेमा यसक्षेत्रका सबै बालबालिकाले आधुनिक शिक्षा पाउने सबै नागरिकले गुणस्तरीय स्वास्थ्य पाउने, सबै किसानका भूमिसिंचित हुने सम्पूर्ण युवाहरु रोजगार र उद्यमी हुने भूमिहीन तथा बासी नागरिकहरूकोसमस्या समाधान हुने धार्मिक सम्पदाहरु आफ्नै मौलिकताले सुसज्जित हुनेकुरामा विश्वस्त छन्।साथै उनको घोषणा पत्रमा प्रदेश स्तरिय स्टेडियम ,प्रदेश स्तरको भलिवल कोर्ट। प्रत्येक वर्ष जेष्ठ नागरीकलार्य तिर्थयात्रा ,कृष्ण नगरमा पि विध्यालउय स्थापना, शिवगढिमा ५० बेडको बाल तथा महिला अस्पताल निर्माण , ,विजयनगरमा रिङरोड निर्माण , किसान विमा ,किसान पन्सन लगायतका कार्यक्रम समेटिएको चुनावि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६