ब्रेकिंग न्युज

चुनाव जित्नेमा हामी ढुक्क छौं : धुव्र रायमाझी



कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले बाणगंगा ५ र ६ वडा त्यस्तै शुद्धोधनका विभिन्न गाउँमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन । यसै क्रममा आज राप्रपा कपिलवस्तु प्रतिनिध सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझीलाई जनताले जितको शुभकामना दिएका छन । रायमाझीले जनतालाई भगवानको रुपमा सम्मान गर्ने भन्दै अब रप्रपाको विकल्प अरु हुन नसक्ने भन्दै सर्वसाधारणले बाटोमै उनलाई अशिर्वाद दिएका थिए ।

आफुहरुलई अरु दलका नेतले पटक पटक झुक्याएको भन्दै राप्रपका नेता कार्यक्रता त्यस्ता नभएको उनिहरुले दाबी गरेका छन । पुरान नेताको क्षमता र काम गर्ने शैलि हेरिसकेको भन्दै अहिले रायमाझीलाई नै क्षेत्र नम्बर १ बाट जिताएर संसदमा पठाउने उनीहरुले जिकिर गरेका छन ।

त्यस्तै क्षेत्र नम्बर १ का उम्मेद्वार हरुले सर्वसाधारण सङ्ग जनताका चाहान र आवश्यक्ता अनुरुप काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन । जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, आथिक बिकास, पुर्वाधार बिकास, भुमि सम्बन्धी समस्या लगायत विभिन्न क्षेत्रमा आफुहरु निरन्तर लागिरहने उनीहरुले प्रतिबद्धता व्यक्त गरेका हुन । त्यस्तै महिला, बालबालिका, मधेसी, दलित, जनजाति, तेस्रो लिङ्गी लगायत सम्पुणै पिछाडिएका वर्गको संरक्षण र अधिकारको लागि पनि आफुहरु निरन्तर खटिरहने उनीहरुले बताएका छन ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६