कपिलवस्तु, २५ कर्तिक ।
नेकपा माओवादी केन्द्रका सचिव तथा कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार चक्रपाणी खनाल बलदेवले गठबन्धनको सरकाले मात्र सुकुम्बासीका समस्यालाई समधान गर्न सक्ने बताउनु भएको छ । अहिले रहेको आयोगलाई अझ दरिलो बनाएर भुमि सम्बन्धी समस्यालाई पार लगाउने बलदेवले बताउनु भएको छ । विहिवार बाणगंगाको बनगाई, मोतिपुर, जिनुवा लगायतका ठाउँमा गरिएको मतदाता भेटघाट तथा कोणसभा कार्यक्रममा बोल्दै उहाँले एउटा शक्तिसाली कानुन बनाएर सम्पुर्ण पक्षलाई बलियो बनाई जनताको हातहातमा लालपुर्जा वितरण गर्ने उहाँले प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । सुकुम्बासी समस्याको समधान एउटा व्याक्तिले नभएर सरकारले गर्ने भएकाले त्यो काम गठबन्धनको सरकाले मात्र गर्न सक्ने उहाँले दाबी गर्नुभएको छ ।
एमालेले काम भन्दा धेरै गफ गर्ने बताउँदै गठबन्धन गफ गर्नको लागि नभएको उहाँले जिकिर गर्नुभएको छ । विगतका दिनहरुमा पनि काङ्ग्रेस र माओवादी लगायतका दल मिलेर आएको स्मरण गर्दै अब त्यसै अनुरुप देश विकासका खाका कोर्ने उहाँले बताउनु भएको छ ।
त्यस्तै प्रदेश सभा क का उम्मेद्वार डोलकराम घिमिरेले मोतिपुर र बनगाइका कुनै क्षेत्रमा पनि अब कसैले राजनिति गर्न नसक्ने बताउनु भएको छ । यहाँका जनता माथि विभिन्न बाहानामा केही गलत मनसाय भएका तत्वले राजनिति गरिरहेको भन्दै अब त्यस्तो गर्न नदिने बताउनु भएको छ । बनगाई मोतिपुर डोहटे बाटोलाई अझ स्तरउन्नती गर्ने बताँउदै यस क्षेत्रको विकासको लागि आफु निरन्तर लाग्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले कपिलस्तु पनि पर्यटकीय क्षेत्र भएकोले लुम्बिनीमा आएका पर्यटकलाई कपिलवस्तुका जगदिशपुर, लक्षमणघाट, कपिलधाम लगायतका स्थानमा आउने वातावरण मिलाउने उहाँले बताउनु छ । जिल्लालाई समृद्धिको बाटोमा लैजाको लगि पर्यटन एउटा महत्वपुर्ण क्षेत्र भएकोले यस क्षेत्रलाई उचित प्रयोग गर्दै जिल्लको बिकास गर्ने बतउनु भएको छ ।








प्रतिक्रिया