प्रदेश

वृद्धभत्ताको कन्सेप्ट मैले लिएर आएको हो : काँग्रेस नेता भण्डारी



बुटवल २४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा। चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मी(रुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिले आयोजना गरेको उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै भण्डारीले वृद्धभत्ताको व्यवस्था गर्ने अवधारणा आफूले ल्याएको दाबी गरे ।
‘यो वृद्ध भत्ताको कन्सेप्ट पनि मैले लिएर आएको हो । अहिले अब अरुले लिएर आएको हो भने । यसमा ठूलो कहानी छ ।’–भण्डारीले भने । खाली वृद्ध भत्ताको मात्रै कुरा गरिएको भनि टिप्पणी गर्दै उनले अब बैकल्पिकरुपमा जेष्ठ नागरिकलाई स्वतः अधिकारको व्यवस्था गरिनु पर्ने बताए । कार्यक्रममा बोल्दै उनले आगामी मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बैतर्नी तर्न मतदाताहरुलाई आह्वान गरे । मुलुकलाई निकास दिन र पुन्य कमाउन गठबन्धनलाई मतदान गर्न आह्वान गरे । उनले नेपालको मुख्य समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै नेपालमा पार्टीको सदस्यता भ्रष्टाचार गर्ने साधन बन्ने गरेको टिप्पणी गरे । मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउँदै समृद्धिको बाटोमा लैजान जनताले दिएको दुईतिहाईको मतको सरकार ढलाउने तत्वलाई चुनावमा सजाय दिनुपर्ने उनले बताए । सरकार ढलाउने र पार्टी फुटाउनेहरुलाई सजाय दिनु पर्छ, उनले भने, एमालेलाई मत नदिएर यसपटकको चुनावमा सजाय दिनु पर्छ ।
उनले प्रतिद्वन्द्वी एमाले उम्मेदवार प्रदीप ज्ञवाली तर्फ लक्षित गर्दै सरकारमा रहेको अवस्थाको रातो कितावमा त्यस कालमा एउटा पनि पुल, सडक र विकासको योजना गुल्मीले नपरेको दाबी पनि गरे । आफुले सिद्धबाबाको विकल्पमा तयार गरेको सडक योजनामा एमाले सरकारले बजेट रोकेर सुरक्षित गुल्मी पुग्ने काममा बाधा हालेको उनले आरोप लगाए ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६