ब्रेकिंग न्युज

हेम खड्काको आरोपः सुस्मिताका हत्याराका प्रमुख संरक्षक ओलि र बादल




कपिलवस्तु, २५ कार्तिक ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँकी चेली सुष्मिता केसी हत्याकाण्डका विषयमा नबोलेको भन्दै हेम खड्काले तीव्र आक्रोश पोखेका छन् । सुस्मिताका ससुरा र उनका पविारको योजनामा ३ बर्षअघि हेटौँडामा सुष्मिताको हत्या भएको थियो ।

क्रुर हत्याको पुष्टि भएर ३ बर्षवितिसक्दासमेत आफूहरुले नयाय नपाएको भन्दै सुष्मिताका ठुला बुबाले आफूले चुनेका जनप्रतिनिधिमाथि आक्रोश पोखेका हुन् । वाम लोकतान्त्रिक गठबन्धनले वाणगंगा ८ बालापुरमा माइक मागेरै आक्रोश पोखेका खड्काले न्याय दिलाउने सन्दर्भमा ७४ मा आफूहरुबाटै चुनिएका विष्णु पन्थीले कुनै सहयोग र पहल नगरेको भन्दै आपत्ति जनाए ।

आफूहरु न्यायको पक्षमा लड्दालड्दै थाकेको उनले बताए । अनेक प्रलोभनपछि अहिले आफूहरुको मुद्धा लड्ने वकिल समेत नभएकोमा उनको दुखेसो छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा सुस्मिताका ससुरा, सासु र दुई नन्दलाई २०७७ असार १५ गते सार्वजनिक गरेको थियो । थुनछेक बहस सकिएर अदालतले पुर्पक्षमा राख्न आदेश दिएसँगै सुस्मिता हत्याकाण्डको न्याय सम्पादन प्रक्रिया स्थीर छ । अहिले सबैलाई उन्मुक्ति दिने प्रयास भइरहेको खड्काले बताए ।

‘पन्थीको पावर पहुँच छ, उहाँले भनेको लाग्छ भनेर कतिपटक हारगुहार गर्यौँ तर उहाँले हाम्रो लागि केही गर्नु भएन । उहाँले धेरैलाई गर्नुभयो भनेको सुनियो तर आफ्नै चेली भनेर छोरी सुष्मिताको न्यायको पक्षमा बोलिदिनुभएन । आज कस्तो ब्यक्तिलाई त्यतिखेर प्रदेशमा सांसद चुनिएछ भनेर पछुतो लाग्छ’, रुँदै उनले भने ?

न्यायको लागि आफूहरु पटकपटक हेटौँडा पुगे पनि पावर र पहुँचको बलमा अपराधी र हत्याराहरुलाई उन्मुक्ति दिएको उनले बताए । न्याय मागको सवालमा आफूले चुनावपछि जे पनि गर्न तयार रहेको भन्दै खड्काले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलले अपराधिलाई संरक्षण गरिरहेको उनले दावी गरे । निर्मला हत्याकाण्ड लगायत मुलुकभर भएका आपराधिक गतिविधिमा लागेकाहरुको संरक्षण गर्ने प्रमुख नाइके एमाले अध्यक्ष केपी ओली र बादल नै भएको उनको जिकिर छ ।

खड्काले चुनावमा भोट माग्न आउने जोकोहीलाई यो समस्या सुनाउने गरेको समेत बताए । २०७७ असार १ गते राती परिवारकै सदस्यबाट सुस्मिताको हत्या भएको थियो ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६