ब्रेकिंग न्युज

आजदेखि मादक पदार्थ बिक्री वितरणमा रोक




गुल्मी २५ कात्तिक ।गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आज (शुक्रबार) देखि मतगणना नतिजा सार्वजनिक नभएसम्मका लागि मदिरा बिक्री–वितरण र ओसारपसार गर्न रोक लगाएको जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठक र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आजदेखि मतगणना नतिजा सार्वजनिक नभएसम्मका लागि मदिरा बिक्री–वितरण, ओसारपसार गर्न रोक लगाउने निर्णय गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार त्यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६