प्रदेश

देशलाई एमालेको बहुमत आवश्यक रहेको एमाले सचिव बिष्टको भनाई



गुल्मी २६ कार्तिक । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले देशको विकास र समृद्धिका लागि एमालेको बहुमत आवश्यक भएको बताएका छन् । शनिबार बिहान तम्घासमा पत्रकारहरुसंग कुराकानी गर्दै गुल्मी २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विष्टले एमाले वाहेक अन्य दलसंग देश विकास र जनताको समृद्धिका स्पष्ट योजना र सही नेतृत्व नभएको तर्क गरे ।
उनले एमालेको घोषणापत्र र विगतमा गरेका लोकप्रिय कामहरुका आधारमा मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावमा एमालेको वहुमतलाई कसैले रोक्न नसक्ने दावी समेत गरे । ‘विगतमा नेकपा एमालेले गरेका तमाम कामहरु र अघि सारेका योजना र कार्यक्रमका आधारमा फेरि पनि जनताले एमालेलाई नै वहुमत दिंदैछन्’– विष्टले भने–‘सत्ता गठबन्धनसंग न्युनतम साझा कार्यक्रम पनि नभएकाले यो दिशाहीन र गन्तव्यविहीन छ, भावी प्रधानमन्त्री को हुने भन्ने पनि छैन तर एमालेले स्पष्ट एजेण्डासहित भावी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकेकाले एमालेको पक्षमा वहुमत आउंछ ।’
आफु उर्जामन्त्री र श्रम तथा रोजगार तथा मन्त्री हुंदा गरेका युगान्तकारी निर्णय र जनप्रिय काम तथा गुल्मी क्षेत्र नं। २ मा खानेपानी,विद्युत,सडक,शिक्षा,स्वास्थ्य र खेलकुदका क्षेत्रमा गरेका कामका आधारमा आफ्नो जित निश्चित भएको विष्टले दावी गरे । आफू सांसद र मन्त्री हुंदा कसैलाई पक्षपात र भेदभाव नगरी काम गरेकाले सबै दलका मतदाताको आफूप्रति सद्भाव र सहयोग गरेको विष्टले दावी गरे ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६