ब्रेकिंग न्युज

आफ्नै नेतृत्वमा अर्घाखाँचीका टोलटोलमा सडक पुगेको छ : रायमाझी



कपिलवस्तु, कात्तिक २६

नेकपा (एमाले) अर्घाखाँची क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोप बहादुर रायमाझीले देशको राजनीति दुई धुर्वमा बांडिएको बताउनुभएको छ । एमाले केन्द्रिय सचिव समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रायमाझीले देशको राजनीति अब एमाले र कांग्रेसमा मात्र सिमित रहने आफ्नो पहिलेको आंकलन सहि दिशा तर्र्फ गईरहेको बताउनुभएको हो । कपिलवस्तुको चार नम्बर जितपुरमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा रायमाझीले सत्ता पक्षका पार्टीहरु मिलेर प्रतिपक्षमा रहेको पार्टी एमालेको विरुद्ध महागठबन्धन गर्नु लज्जास्पद रहेको जिकिर गर्नुभयो । आफुलाई कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरु कांग्रेससंग गठबन्धन गर्नुकोे उद्देश्य एमालेलाई सत्तामा जान नदिने षडयन्त्र रहेको रायमाझीको दावि रहेको छ । कुनै लक्ष्य वा उद्देश्य विना गठबन्धन गर्नुको उद्देश्य सत्तामा जाने मात्र भएको र एमालेको लक्ष्य र उद्देश्य स्पष्ट भएकाले एमालेसंग एक्लै लड्ने सामथ्र्य रहेको उहाँले बताउनुभयो ।

देशमा सडक, खानेपानी, शिक्षा, कृषि, रोजगार, विद्युतीकरण, सामाजिक सुरक्षा र न्यायको क्षेत्रमा एमालेको योगदान जनताले राम्रोसंग बुझेको भन्दै गठबन्धनलाई एमाले एक्लैले परास्त गर्ने रायमाझीले बताउनुभयो । देशैभरका सबै पहाडी जिल्ला मध्ये सबै भन्दा विकासको पहुंचमा पुगेको जिल्ला अर्घाखाँची भएकोले यसमा एमाले र आफ्नो नेतृत्वदायी भुमिका रहेको सबैलाई जिल्लावासीले स्पष्टसंग बुझेको बताउनुभयो । जिल्लाका ६१ वटै वडाका हरेक टोलटोलमा बाटो पुगेको र बाँकी रहेका काम पुरा गर्नका लागि सुर्यध्वजावाहक उम्मेद्वारहरुलाई विजयी गराई एमालेको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग गर्न आह्वान समेत गर्नुभयो ।

प्रकाशित : २६ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६