अर्थ-वाणिज्य

इन्जिनियर सांसद बनेपछि सडक र पुलका ठुला योजना धमाधम कार्यान्वयन




कपिलवस्तु २७ कार्तिक ।नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ताले आफ्नो उम्मेदवारी परिवर्तनका लागि भएको बताउनु भएकोछ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार इन्जिनियर गुप्ताले पछिल्लो ५ वर्षमा मुख्य सडक र पुल निर्माणमा बिशेष रुपले लागेर धेरै काम गराएको बताउनु भयो ।उहाँले आफु जितेर गए पछि तौलिहवा बजार सडक, गोरुसिङे तौलिहवा, तौलिहवा खुनुवा सडक, तकिहवा शान्ती नगर सडक, बुड्ढी रनगाई मौवाबारी सडक, डुमरा महाराजगन्ज सडक, हुलाकी राजमार्ग जस्ता महत्वपूर्ण योजनाका काम भएको बताउनु भयो । उहाँले हर्दौना स्थित बाणगंगा नदीमा समेत पुल निर्माणको लागि टेन्डर गरेको बताउनु भयो ।

२०७७ सालमा सुचना निकालेर टेन्डर भएको छ । डिपिआर र पुल निर्माण सहितको टेन्डर भएको र डिपिआरको काम सम्पन्न भएको बताउनु भयो । विपक्षीलाई हर्दैनामा पुलको टेन्डर भएको समेत थाहा नभएको बताउनु भयो ।उहाँले गौरी र बसन्तपुर जोड्ने जमुवार खोलामा समेत पुलको टेन्डर भएको बताउुन भयो । त्यहा मात्र होइन मैले सत्ता गठवन्धनका उम्मेदवारको गृह नगरीमा रहेको मसुरेमा समेत पुल निर्माणको योजना पारेको बताउनु भयो । यशोधरामा ३ ओटा पुल, कपिलवस्तुका ३ खोलामा पुलका योजना ल्याएको बताउनु भयो ।
उहाँले काँग्रेस कार्यकर्ताले भने भन्दा धेरै परिवर्तन गरेको दावी गर्नु भयो । यशोधराको मर्यादपुरको सभामा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार धर्म बहादुर लाल श्रीबात्सवले ग्रामीण कृषि सडकलाई मुख्य सडकमा जोड्ने सडकलाई प्राथमिकता दिने बताउनु भयो । हुलाकी राजमार्ग देखी दक्षिणी क्षेत्रका शिक्षाको अवस्था कमजोर भएको हुँदा सुधारका लागि योजना बनाउने बताउनु भयो । यशोधरा गाउँपालिकामा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना गर्ने एमालेको लक्ष्य राखेको श्रीवात्सवले दाबी गर्नु भयो ।

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६