प्रदेश

उम्मेदवारले देखेनन् बर्दियाको महजिदिया गाउँ



बर्दिया २८ कात्तिक । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ तर, तीनतिर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँलाई भने यसको रौनकले अझै छुन सकेको छैन।
गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उम्मेदवारको बारेमा न जानकारी छ, न कुनै चासो नै। न्यूनतम विकासका पूर्वाधारसमेत नपुगेको महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर छन्।
ती घरका भित्ता र छानो खरले बनेका छन्। गाउँमा आजसम्म सडक, बिजुली र खानेपानीलगायत कुनै पनि सामान्य सुविधा पुगेको छैन। नदीमा पुल छैन। नदी वारपारका लागि डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ। उक्त बस्तीमा बसोबास गर्ने मानिसको आफ्नो जग्गाजमिन छैन। जमिनदारको जग्गाजमिन ठेक्का र अधियाँ ९बटैया०मा लिएर खेती गरिरहेका स्थानीयलाई चुनावले कहिल्यै छोएको छैन। स्थानीय मालमती मल्लाहाले यसअघि चुनाव जितेर गएका नेताहरू फर्किएर कहिल्यै गाउँ नआएको बताउनुभयो। आजसम्म कुनै उम्मेदवार मत माग्नका लागि आफ्नो गाउँमा नआएको उहाँले बताउनुभयो।
आफूहरूले मत दिएर जिताएको मान्छे पटक पटक सांसद भएको तर महजिदिया गाउँको विकास गर्न नसकेको स्थानीय लक्ष्मण मल्लाहाले दुखेसो पोख्नुभयो। यसअघिका चुनावमा दिएको सडक, पुल, बिजुली, खानेपानी र लालपुर्जालगायतका आश्वासन पूरा गर्न नसकेका कारण नेताहरू मत माग्न आउन नसकेको गोपाल मल्लाहाको ठहर छ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६