प्रदेश

पाल्पामा मतदान अधिकृतहरुलाई प्रशिक्षण



पाल्पा २८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक अधिकृतलाई पाल्पामा अभिमुखीकरण तालिम दिइएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार निर्वाचनलाई पारदर्शी र सन्तुलित बनाउनमा सहयोग पुगोस् भनेर अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । ११८ मतदान स्थल र २४६ मतदान केन्द्र रहेको पाल्पाका मतदान अधिकृत र सहायक अधिकृतलाई अभिमुखीकरण कार्यक्रम मार्फत प्रशिक्षित गरिएको छ ।
दुई लाख एक हजार तीन सय २६ मतदाता रहेको पाल्पामा १ हजार ९ सय ७२ कर्मचारीलाई खटाइने प्रमुख निर्वाचन अधिकृत विष्टले बताउनुभयो ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६