प्रदेश

४ सय किशोरकिशोरीले सिके संवाद गर्न



रुपन्देही २८ कार्तिक । रुपन्देहीका ८ विद्यालयमा उच्च माध्यमिक विद्यालय संवाद कार्यशाला सम्पन्न भएकोछ । इफाको सहयोगमा सामाजिक परिबर्तन केन्द्रले रुपन्देहीका ८ विद्यालयका ४ सय विद्यार्थीहरुका बीचमा सदभावका लागि संवाद कार्यक्रम सम्पन्न गरेको हो ।
बुटवलको नबिन औद्योगिक कद्दर बहादुर रिता माध्यमीक विद्यालय, न्यू भिजन माध्यमीक विद्याल , एम्स अंग्रेजी माध्यमीक विद्यालय र मोतिपुर माध्यमीक विद्यालय तथा सुद्धोधन गाउँपालिका अन्तर्गत पर्ने फर्साटिकर माध्यमीक विद्यालय , बनगाई माध्यमीक विद्यालय, शिशै माध्यमीक विद्यालय र तिलोत्तमा माध्यमीक विद्यालयमा विद्यालय संवाद कार्यक्रम सम्पन्न भएको सामाजिक परिबर्तन केन्द्रका अध्यक्ष पवन रायले जानकारी दिए।
स्थानीय स्तरमा अन्तरक्रियात्मक कार्यशालाहरू र संवादमार्फत धार्मिक, सांस्कृतिक, जातीय, भौगोलिक र राजनीतिक पृष्ठभूमिका युवा र विद्यार्थीहरू बीचको सम्बन्ध सुदृढ गर्ने तथा विश्वासको वातावरण निर्माण र सामाजिक एकताका पहलहरूमा युवाहरूको सक्रिय संलग्नताकाबाट जातीय, राजनीतिक, धार्मिक र स्रोतमा आधारित द्वन्द्व र हिंसामा कमी गर्ने मूख्य उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक डाक्टर प्रकास भट्टराईले बताए ।
संबाद कार्यशालामा कक्षा ११ र १२ का १५ देखि १९ बर्ष उमेर समूहका किशोर किशोरीहरु सहभागि थिए । उनीहरुलाई कलाका बिभिन्न माध्यम तथा खेल बिधिहरुमार्फत तालिम प्राप्त सहजकर्ताले सहजिकरण गरेका कार्यक्रम अधिकृत युक्ता यादवले जानकारी गराए । कार्यशालामा सहभागि बिद्यार्थीहरुले सदभावले समाजमा शान्ति निर्माणमा सहयोग पुराउने भएकाले आपसी सदभाव तथा मेलमिलापका लागि अग्रसरता देखाउने बताएका थिए । उनीहरुले कलाका बिभिन्न माध्यम मार्फत संचालन गरिएको संवाद कार्यक्रम फलदायी भएको भन्दै सिकेको ज्ञानलाई समाजमा सदभाव कायम गर्न प्रयोग गर्ने बताएका थिए ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६