ब्रेकिंग न्युज

फुलिका र पकडीको विकासका लागि एमाले आवश्यक ः अधिकारी



कपिलवस्तु, कात्तिक २८

नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वारहरु मतदाता भेटघाट तथा अगुवा कार्यकर्तासंग अन्तरक्रिया कार्यक्रमलाई तिब्रता दिईरहेका छन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै यस क्षेत्रको विकासका लागि एमालेका उम्मेद्वारहरुलाई जिताउन आवश्यक रहेको भन्दै मतदाताका समस्या र आवश्यकता बुझ्दै एमाले उम्मेद्वारहरु टोलटोलमा पुगेका छन् । सोहि क्रममा आज पकडीमा कोण सभा सम्पन्न गरिएको छ भने वडा नं. ३ का फुलिका, पर्सडवा, खैराटी, वर्गदहवा, बर्सौलीका मतदाताहरुसंग भेटघाट तथा अन्तरक्रिया गरिएको हो ।

कोण सभा तथा घरदैलो कार्यक्रममा मा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारी, क्षेत्र नंं १ (क) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार बिष्णु पन्थी र (ख) का उम्मेद्वार मधुसुदन शरण चौधरीले फुलिका पकडी क्षेत्रको विकासका लागि लागिपर्ने बताउनुभएको थियो । एमालेका उम्मेद्वारले कपिलवस्तुको दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । विभिन्न पार्टी सरकारमा आउँदा भएका काम र एमाले नेतृत्वको सरकारले गरेका काम बिच तुलना गर्न मतदातालाई अनुरोध गर्नुभयो । उहाँले एमालेले जम्मा ३ बर्ष सरकार चलाएको र त्यस माथि पनि कोरोना महामारीका वावजुत धेरै विकास निर्माणका काम भएको बताउनुभयो । अधिकारीले विकास र समृद्धिको महशुस गराउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दावि गर्नुभयो ।

कोणसभा तथा मतदाता भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश समानुपातिक उम्मेद्वार गिरधारीलाल न्यौपाने, एमालेका नेता कैलाश अग्रहरी, बजरंगी प्रसाद कुर्मी लगायत पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । मतदाताले पनि यस क्षेत्रको विकासका लागि एमालेका उम्मेद्वारलाई जिताउने आश्वासन दिएका छन् ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६