प्रदेश

चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो बनाइँदै



तुलसीपुर २९ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शनटुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सिट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।
करिब १६ कठ्ठा क्षेत्रफलमा बनाइने दर्शनटुप्पोको सुरुको तलामा व्यापारिक प्रयोजन, चौथोमा सिनेमा हल, पाँचौंदेखि १३ तलासम्म होटेलको प्रबन्ध गरिने बताइएको छ । घोराही तुलसीपुर सडकखण्डदेखि तीस मिटर उत्तरतर्फ निर्माण गर्न थालिएको दर्शनटुप्पोको चौथो तलामा स्वीमिङपुलसमेत रहनेछ । प्राविधिक डिजाइन गर्नुभएका इन्जिनियर सुरज मल्लका अनुसार यो दर्शन टुप्पोको उचाइ ५३।६ मिटर रहनेछ ।
व्यापारिक घराना प्रकाश आचार्यको समूहले निर्माण गर्न थालेको यस दर्शनटुप्पोका नाम राउन्टे एण्ड यार्सा राखिएको छ । उहाँका अनुसार पर्यटन मन्त्रालयकै मापदण्ड बमोजिम निर्माण गर्न थालिएको छ । करिब ७० करोडको लागतमा निर्माण हुन थालेको दर्शनटुप्पोमा रहेका व्यापारिक, सिनेमा हलका कोठा अपाङ्गमैत्री रहने बताइएको छ ।
दर्शनटुप्पोको अन्तिम तलामा पुग्नका लागि छुट्टै लिफ्टको व्यवस्थापन गरिएको छ भने सुरुको तलादेखि नै अन्तिम तलामा पुग्ने क्रममा सिसाबाट दाङ उपत्यकाको दृश्यावलोकन गर्न सकिने प्रबन्ध गरिएको छ ।
जिल्लामा पर्यटकहरुलाई आकर्षित गर्नका लागि दर्शनटुप्पो निर्माण गर्न थालिएको बताइएको छ । मनोरञ्जन, किनमेल र अवलोकन प्रयोजनका लागि निर्माण गर्न थालिएको यस दर्शनटुप्पोमा पुग्नका लागि छ वटा लिफ्टको प्रयोग गरिने भएको छ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६