प्रदेश

चुनावविरोधी समूहमाथि सरकारको उच्च निगरानी : विभिन्न ठाउँबाट १ सय १५ जना पक्राउ



काठमाण्डौ २९ कात्तिक मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि सरकारले उच्च निगरानी थालेको छ । देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ परेका नेपाल प्रहरीको तथ्याङ्क छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार चुनाव बहिष्कार गर्ने समूहमाथि उच्च निगरानी थालिएको छ । नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन् ।
२० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले केही दल तथा समूह चुनाव विरोधी गतिविधिमा संलग्न रहेका तर चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कार्ययोजना बनाएर काम भइरहेको बताउनुभयो । चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।
चुनावलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा विशेष योजना बनाएर लागू गरिएको गृह प्रवक्ता पोखरेलको भनाइ छ । उहाँले मतदाता तथा चुनावमा खटिने कर्मचारी, उम्मेदवारलगायत सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६