प्रदेश

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त



काठमाण्डौ २९ कात्तिक : चुनाव नजिकिएसँगै काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाण्डौ उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ ।
दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाण्डौ उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो ।
उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको सहयोग लिन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले म्यादी प्रहरी ट्राफिक प्रहरीसँग सडकमा खटिएका छन् ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६