जीवनशैली

आलु खेतीमा आकर्षण बढ्दो



गुल्मी ३० कात्तिक । गुल्मीका ग्रामीण क्षेत्रमा महिला आलु खेती गर्न निकै व्यस्त छन्। जिल्लाको मुसीकोट नगरपालिकाका महिला समूहमा आबद्ध भएर आलु खेती गर्न निकै व्यस्त भएका हुन्। मुसीकोट नगरपालिका–७, वामीटक्सारमा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले सामूहिक आलु खेती गर्ने महिलालाई प्रोत्साहन गर्दै आएको हो। उक्त सहकारी संस्थामार्फत वडा नं। ८ मा गठित अमृतपुर आलु तथा अलैँची उत्पादक कृषक समूहले पनि कृषकहरूलाई समूहमा काम गर्न प्रोत्साहन गरेको छ।
समूहमा आबद्ध कृषकले ६५ क्विन्टल आलु लगाएका छन्। आलु जेठमा उत्पादन भएको थियो। यस वर्ष आलु खेती राम्रो उत्पादन भएको छ। वडा नं। ८ को मैदान, सन्क्यौल, रुक्से र आगोपारेका महिला मिलेर गठन गरेको समूहलाई सहकारीले कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा अनुदानसमेत उपलब्ध गराएको छ।
सहकारीमा हालसम्म पाँच सय जना सदस्य आबद्ध छन्। सहकारीले महिलालाई कृषि पेसामा प्रोत्साहितसँगै मासिक बचत गर्नसमेत सिकाएको छ। “मासिक रूपमा सहकारी सदस्य तथा समूहका महिलाबाट बचत उठाउँदै आएका छौँ। ऋण उपलब्ध पनि गराएका छौँ। सहकारीले पहिलो कृषि हाटबजारसमेत सञ्चालन गरेको छ,” सहकारी संस्थाकी प्रबन्धक कृष्णा गुरुङले भन्नुभयो। सहकारी संस्थाले मौरीपालनसम्बन्धी कार्यक्रम पनि गरेको उहाँले बताउनुभयो।
२०६६ सालदेखि व्यावसायिक रूपमा आलु खेती गर्दै आइरहेका कृषकलाई सहकारी संस्था आफैँले बीउ उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान र उत्पादित सामग्रीको बजारीकरणमा समेत सहयोग गरेको छ। सहकारी संस्थामार्फत सो समूहमा आबद्ध कृषकलाई बीउलगायतमा अनुदान दिइएको छ। आलु खेतीबाट महिलालाई आत्मनिर्भर बनाई कृषिप्रति प्रोत्साहन गर्न र महिला उद्यमी सिर्जना गर्न समूहमार्फत आलु मिसन कार्यक्रम सञ्चालन थियो।
एक सय रोपनी क्षेत्रफलमा ढोरपाटनको आलुको बीउ ल्याएर सहकारी आफैँले समूहलाई उपलब्ध गराएको सहकारीकी अध्यक्ष यमुना घिमिरेले बताउनुभयो।
सहकारी संस्थाले बीउ, उत्पादन र बजारीकरण हरेक क्षेत्रमा सहयोग गरेकाले खेती गर्न सजिलो भएको अमृतपुर आलु तथा अलैँची उत्पादक समूहकी सचिव दिलमाया रानाले बताउनुभयो। समूहमा आबद्ध भएर आलु खेती गर्दा प्राविधिक तथा अन्य आवश्यक ज्ञान प्राप्त गर्न समेत सहज भएको बताउनुभयो।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६