प्रदेश

तार व्यवस्थापन गर्न बुटवलमा कार्यदल



सिद्धार्थनगर ३० कार्तिक । अव्यवस्थित तारका कारण सहर कुरूप बन्दै गएपछि रुपन्देहीको मुख्य सहरी क्षेत्रमा रहेका ती तार व्यवस्थापन गरिने भएको छ।
मंगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ।
समितिले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका तार व्यवस्थापन गर्ने, अव्यवस्थित र अनावश्यक तार हटाउने काम गर्ने कार्यदलका संयोजक विद्युत् प्राधिकरण बुटवल केन्द्रका प्रमुख सुरेशकुमार महतोले बताउनुभयो।
सडकमा अव्यवस्थित रहेका तारले सहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएकोले तार हटाएर सहरलाई सफा र सुन्दर बनाउने कामलाई अघि बढाउन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्देशन दिनुभयो।
उहाँले सहर क्षेत्रभित्रका अव्यवस्थित तारका कारण कैयौँ दुर्घटना भएको, जनधनको क्षति भएको, सहर अव्यवस्थित र कुरूप देखिएकाले मंसिर भित्रमा सबै तार व्यवस्थित गर्न कार्यदललाई निर्देशन दिनुभयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केबुल टिभी, इन्टरनेट सेवा प्रदायक सङ्घ लगायतका निकायको उपस्थिति थियो।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६