प्रदेश

लालपूर्जा र रोजगारी, सुकुम्बासी बस्तीका मतदाताको माग




रुपन्देही, ३० कार्तिक । रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरमा रहेको सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन ।

उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह गरे । खानै नपाउने अवस्था भएकाले आफूहरुलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरुको माग छ । लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नभएकाले यो चुनावबाट विजयी हुने सांसदले आफूहरुलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ ।

दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको पनि त्यहाँका मतदाताको गुनासो छ । उनीहरुले देश भित्रै रोजगारीको अवसर सृजना गरेर जनप्रतिनिधिहरुले आफूलाई राहत दिनुपर्ने बताएका छन ।

यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनु भएको छ भने विपक्ष एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा हुनुहुन्छ । नेताहरुले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तीव्रता नदिएको केहीले बताएका छन । ३,४ वर्ष अघि जस्तो चुनावको प्रचार अभियानले तीव्रता नपाएको स्थानीयले बताएका छन ।

त्यहाँका मतदाताहरुले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रिया समेत दिएका छन । अब चुनावको लागि मतदान गर्न ४ दिन मात्रै बाँकी छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६