प्रदेश

श्रृङ्गीघाट सिचाइ परियोजनाले सिचाइ समस्या समाधान हुन्छः बलदेब




कपिलवस्तु, ३० कार्तिक ।
कपिलवस्तु १ का प्रतिनिधि सभा सदस्य चक्रपाणी खनाल (बलदेव)ले कपिलवस्तुको सिचाइ समस्या निकट भविस्यमा समाधान हुने बताएका छन् ।

श्रृङ्गीघाट सिचाइ परियोजनाको कामले पुर्णता पाएको बताउदै कपिलवस्तुको सिचाइ समस्यालाई हल गर्दै किसानको बिकासमा टेवा पुग्ने समेत बताए ।

कपिलवस्तुको मायादेवी गाउँपालिका, ३ फुलिकामा आज भएको चुनावी सभालाइ सम्बोधन गर्दै उनले सिचाइ समस्या सहज हुने समेत बताएका छन् । श्रृङ्गीघाट सिचाइ आयोजनाको डिपिआर भैसकेकोले कामले निरन्तरता पाइरहेको समेत उल्लेख गरे ।
यस्तै कपिलवस्तु १(१) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डोलकराम घिमिरेले जनताको नियमित सेवामा प्रतिबद्ध रहेको बताएका छन् । उनले बिकास निर्माणको अपनत्व गठबन्धनले लिने कुरामा पनि जोड दिएका छन् । मायादेवी,२ फुलिकामा चुनावी सभालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६