कपिलवस्तु, कात्तिक ३०
कपिलवस्तु जिल्ला क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार ललित गुरुङले आफु निर्वाचित भए पछि मतदाताको शिर उचो गर्ने काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सयौको संख्यामा ¥याली पछि चारनम्बर चोकमा गरिएको कोण सभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेद्वार गुरुङले निर्वाचन जितेको अर्को दिनदेखि भोट खेर नगएको महशुस गराउन सुरु गर्ने दावी गर्नुभएको छ । उहाँले ४० बर्ष देखि ईमान र निष्ठाको राजनीति गरेकाले आफुबाट कहिल्लै धोका नहुने बताउनुभयो । आफुमा कुनै पनि प्रतिशोध, बेईमानी, दलालि प्रवृति नभएको भन्दै मतदातालाई विश्वस्त हुन आग्रह गर्दै नेपाली कांग्रेसको गठबन्धनलाई व्यक्तिगत स्वार्थका लागि मात्र भएको बताउनुभयो । मतदातालाई कुनै पश्चाताप बिना ठिक ठाउँमा ठिक मान्छेलाई चुनिएको महशुस गराउने गरि जनताको दुःख सुखमा सदैव साथमा रहने बताउनुभयो ।निर्वाचन क्षेत्रका मतदाताहरुसंगको भेटमा स्वार्थका लागि गठबन्धन गरिएको भन्दै कांग्रेसका अधिकांश कार्यकर्र्ताले आफुलाइ नै समर्थन गरेको गुरुङले बताउनुभयो ।
त्यस्तै युवा नेता तिलक थापाले ईमान्दार र लोकप्रिय नेता कार्यकर्तालाई कांग्रेसले कारवाही गरेर ठुलो भुल गरेको बताउनुभयो । थापाले कांग्रेसले विगतमा पनि आफ्ना आधिकारीक उम्मेद्वारहरुलाई हराएको इतिहास जनताले नर्बिसेको भन्दै विधान विपरित गरेको कारवाहीको यो निर्वाचनमा ठुलो मुल्य चुकाउनुपर्ने बताउनुभयो ।त्यस्तै गुरुङको कोणसभामा सहभागी तौलिहवाका कुल्लु शर्माले स्वतन्त्र उम्मेद्वार गुरुङको प्रतिस्पर्धा एमालेसंग मात्र रहेको भन्दै गठबन्धन चौथो स्थानमा पुग्ने बताउनुभयो । उहाँले सत्ताको लागि मात्र गठबन्धन गरेको भन्दै गठबन्धनलाई जनताले पराजित गराउने बताउनुभयो ।निर्वाचन क्षेत्रका पकडी, पचेहरा, निग्लिहवादेखि चार नम्बर जितपुर हुंदै पिपरा सम्म ¥याली गरि कोणसभामा परिणत गरिएको थियो ।








प्रतिक्रिया