प्रदेश

देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान



काठमाण्डौ, ०१ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाइको टोली नेपाल आइसकेको छ ।

कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडान गरिएको जहाजसहितको टोली हिजो नै भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । टोलीमा एरोथाइका पाइलट, इन्जिनियर तथा प्राविधिक छन् ।

भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाइको टोलीले आज गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दा देशभरका अन्य विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान हुन लागेको उहाँले बताउनुभयो । काठमाण्डौ, पोखरा, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुनेछ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६