कपिलवस्तु
भ्रष्टाचार मुक्त र सुशासन युक्त समाज निर्माण गर्न नेकपा (एमाले) लाई जिताउनुपर्ने एमाले कपिलवस्तु क्षेत्र नं. १ ले सार्वजनिक प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै निर्वाचन जिते पछि गर्ने विभिन्न कार्यहरु सार्वजनिक गरिएको हो । जसअन्तर्गत नीतिगत प्रतिवद्धतामा योजनावद्ध पुर्वाधार, एकीकृत वस्ती भुःउपयोग नीति अवलम्वन गर्नका लागि पनि सुर्य चिन्हमा मतदान गर्न आह्वान गरिएको छ । प्रतिवद्धता पत्रमा सहकारी र सामुहिक प्रणालिमा जोड दिने, सबै नागरिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्ने, गरिबी, असमानता र भेदभावको अन्त्य गर्ने कार्यलाई प्राथमिकता दिईने भनी समावेश गरिएको छ । त्यस्तै समृद्ध नेपाल, सुखी नेपालीको अभियान साकार पार्ने, राष्ट्र र राष्ट्रियता जोगाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईने उल्लेख गरिएको छ । त्यस्तै दिगो आर्थिक विकासको आधार तय गर्ने, बढ्दो महंगी नियन्त्रण गरि जनतालाई सहज र सरल बनाईदिने तथा रोजगारीका अवसर सिर्जना गरि वैदेशिक रोजगारीलाई कम गर्ने जस्ता काम एमालेका उम्मेद्वारले मात्र हुने भएका छन् ।
१ मंसिर २०७९, बिहिबार








प्रतिक्रिया