कपिलवस्तु
कपिलवस्तु क्षेत्र नं. १ मा समग्र पुर्वाधार विकासका लागि नेकपा (एमाले) का उम्मेद्वारहरुलाई जिताउन आवश्यक रहेको प्रतिवद्धता पत्र मार्फत सार्वजनिक गरिएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै एमाले क्षेत्र नंं. १ ले सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा चाकडचौडा पकडी क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने, शिवलवादेखि सोहसासम्मको सडक विस्तार गर्ने, चाकडचौडा पिपरा सम्मको सडक विस्तार गर्ने, जीतपुर (चारनम्बर) बैरिया, पिपरा र बोडगाउँबाट अर्घाखाँचीको सिमलपानी जोड्ने सडक निर्माण पुरा गर्ने, मायादेवी, शुद्धोधन, बाणगंगा र कपिलवस्तु नगरपालिकाका बौद्ध सम्पदा जोडेर बुद्धपरिक्रमा पथ संघीय स्तरको योजनाबाट अघि बढाउने लगायतका महत्वपुर्ण योजना राखिएको छ ।
त्यस्तै भलवाड र देउवापार क्षेत्रलाई औद्योगिक ग्रामको रुपमा विकास गर्ने, बनगाई–मोतिपुर–जिनुवा – डोहोटे खण्डमा पर्ने कोइली खोलामा पुल निर्माण गर्ने, कोइली बनगाई, बैदौली, कोपवा, देउवापार, हथौसा, बरवा, सोनपुर, विरपुर हुदै रुपन्देही जिल्ला जोड्ने अधुरो सडक खण्डको विस्तारलाई पूर्णता दिने, गजेहडा, तीनकुने देखि गंगौली, राजापानी हुदै बालापुर जोड्ने सडक स्तरउन्नती गर्ने, वनकट्टी, भेलरहीया, बहादुरपुर, विरपुर, मिलन चोक, नौगइया, भुसडी लबनी सडक विस्तार गर्ने, ओदारी देखि भड्डीहवा, प्रगतिनगर, कोरीयाचोक, मेचकुरी, पटना, मिलनचोक हुदै लुम्बिनी जाने सडक स्तरउन्नति गरिने भएको छ । यता बुङ्ची–मधौलिया, कोपवा–विकुली हुदै जहदी जाने सडक स्तरउन्नती गर्ने, सिद्धार्थ क्याम्पस बुङ्ची देखि डुङ्हवा, सिमलखोर, नगवा हुदै जगदिशपुर सिमसार क्षेत्र जाने बाटो निर्माण गर्ने, बोडगाउँ देखी मोर्मी, वर्दहवा हुदै डोहोटे जाने सडक स्तरउन्नति र कोइला खोलामा पुल निर्माण गर्ने, तिरौराकोटबाट सगरहवा लम्बुसागर, निगालिकोट, अरौराकोट, सिसनिया, फूलिका, बग्दी हुदै लुम्बिनी जोड्ने पर्यटकीय बौद्धमार्ग निर्माण गर्ने, ठाकुरापुर, वठनपुरा, निबुवा हुदै पिपरा जाने सडक निर्माण गर्ने, धुलो र हिलोमुक्त स्थानीय तह बनाउने, सिमाक्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिदै सिमाको पूर्व पश्चिम कालोपत्रे सडक विस्तार गर्ने, हुलाकी सडकसंग हरेक वडाको सहज पहुँच पु¥याउन कालोपत्रे सडक बनाउने, चाकडचौडा, दोहनी, पचेहरा सडकलाई स्तरउन्नती गर्ने, विजुवा, अमुवा, शिवालय श्रीनगर सडकलाई भारतीय सिमा सम्म जोड्दै स्तरउन्नती गर्ने, जीतपुर चारनम्बरको कपिलवस्तु सामुदायिक अस्पतालको पश्चिम पट्टीको सडकलाई हरीहरपुर, चङ्खीपुर, सिमलखोर हुदै तिरौराकोट सम्म जोड्ने सडक निर्माण गर्ने, घेरवा बनगाईदेखि मनहरापुर जोड्ने सडकखण्डको वाणगंगा नदीमा पुल निर्माण र सडक स्तरउन्नती गर्ने, अमवा खोलामा पुल निर्माण गर्ने, विजुवा, शिवलवा, तारानागर भारतीय सिमा श्रीनगर सडक र शिवलवा पश्चिम नालामा पुल निर्माण गर्ने, बुटवल चारनम्बर गोरुसिंगे हुदै चन्दौटा सम्मको राजमार्गलाई चार देखि छलेनको सडकको रुपमा विस्तार गर्ने योजना पनि राखिएको छ ।
त्यस्तै फोहरलाई औद्योगिक रूपमा प्रशोधनको योजना कार्यान्वयनमा ल्याउने, प्रदेश क्षेत्र स्तरमा छाडा चौपाया व्यवस्थापनको लागि बृहत गौशाला निर्माण गर्ने, लागु औषध दुव्र्यसन पुनस्र्थापना केन्द्र संचालन, उपचार, परामर्श तथा रोजगारी सहित समुदायमा पुनस्र्थापना गर्ने, लक्ष्मणघाटलाई धार्मिक पर्यटकीय क्षेत्र, कपिलधामलाई प्राकृतिक चिकित्सा क्षेत्र, मधुवन धामलाई अन्तराष्ट्रिय स्तरको विपश्यना केन्द्र बनाउने, मायादेवी, शुद्धोधन, बाणगंगा, कपिलवस्तु नगरपालिमा गरी ४ वटा व्ययाम पार्क निर्माण गर्ने, चाकडचौडामा सुविधा युक्त भन्सार कार्यालय पुनस्र्थापना गर्ने प्रतिवद्धता पत्रमा समावेश गरिएको छ । एमालेका उम्मेद्वारलाई जिताएमा जनतालाई शान्ति सुरक्षा प्रत्याभूत गर्न जीर्ण रहेका सुरक्षा निकायको भौतिक संरचनाको विकास, द्वन्दकालमा बन्द भएको अलिगढवा भन्सार नाका खुला र व्यवस्थित गर्ने कार्यमा भारतीय निकायसंग कुटनीतिक पहल गर्ने क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारी, सोहि क्षेत्र (क) का प्रदेश सभा सदस्य बिष्णु पन्थी र (ख) का प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया