प्रदेश

निर्वाचनमा खटिने कपिलबस्तुका पर्यवेक्षकलाई अभिमुुखीकरण




कपिलबस्तु, ०१ मंसिर ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागी हुने निर्वाचनमा खटिने कपिलबस्तुका पर्यवेक्षकलाई अभिमुुखीकरण गरिएको छ । निर्वाचनको दिन मतदान कार्य भइरहेका बेला त्यस बेलाको अवस्था पर्यवेक्षण गर्दा अपनाउनुपर्ने पक्षबारे पर्यवेक्षकलाई अभिमुखीकरण गरिएको हो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक कपिलवस्तु द्वारा जिल्लाका दश वटै पालिकामा मतदानको दिन खटिने पर्यवेक्षकका लागि अनुुशिक्षण प्रदान गरिएको हो । नियोक कपिलवस्तुका संयोजक पशुपति मणि त्रिपाठीले मतदान, पूर्व, मतदानका दिन र मतदानपछि हुुने हरेक गतिविधिको पर्यवेक्षणमा खटिने पर्यवेक्षकले गर्न हुने र नहुने कार्यबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा मतदान कार्यमा समावेशी र अपांगतामैत्रीको अवस्थाबारे पनि जानकारी गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा मतदान स्थलमा महिलाका लागि छुुट्टै लाइन खटिएका महिला प्रहरी, अपांगत मतदाताका लागि सहज मतदानको अवस्थाबारे पर्यवेक्षण गर्नुपर्ने जानकारी गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले निर्वाचनमा पर्यवेक्षकले निर्र्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरण बनाउनुमा महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।
त्यसैगरी, पर्यवेक्षकले तीन किसिमको रिपोर्टिङ गर्नुपर्ने जसमा भाइबर, एसएमएस र फारम भरेर रिर्पोटिङ गर्नु पर्नेछ । नियोकले दश वटा पालिकाका लागि १७ जना पर्यवेक्षक खटाएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६