कपिलवस्तु, ०१ मंसिर ।
विकासका हिसावले केन्द्रको नजरमा पर्ने रुपन्देही र ओझेलमा पर्ने कपिलवस्तु प्रर्यावाची जस्तै भएको छ । कपिलवस्तुबाट केन्द्रिय राजनितिमा प्रभाव पार्ने नेताहरुकै कमीका कारण कपिलवस्तु विकासको हिसावले ओझेलमा पर्ने ठहर छ । अर्थ मन्त्री , गृह मन्त्री, आपुर्ती मन्त्रालय लगाएतका महत्वपुणर् मन्त्रालयको बागडोर रुपन्देही बाटै निर्वाचित सांसदहरुले पाएका छन् । पुर्व अर्थ मन्त्री विष्णु पौडेल, हालका गृह मन्त्री बालकृष्ण खाँण, पुर्व मन्त्री हरु धेरै एमाले र कांग्रेसबाट केन्द्रिय राजनितिक नेतृत्वतहमा पहुँच पुग्ने व्याक्तित्व भएको र उनिहरुको उपनिवेशबाट कपिलवस्तुलाई बचाउन माओबादी केन्द्रका सचिव समेत भएका प्रचण्डका विश्वास पात्र बल्देव ले सांसद जितेमात्र संम्भव हुने तर्क रहेको छ । पछिल्लो समय आसन्न प्रतिनिधि सभा निर्वाचन मा
मन्त्री बन्न सक्ने हैसियत राख्ने उमेद्वारलाई जिताए मात्र जिल्लाको विकास सम्भव हुने तर्क हुन थालेको छ । चिया चौतारामा हुने चुनावी गफ देखि बुद्धिजिवी वर्गमा कपिलवस्तुको विकासका लागि मन्त्री बन्ने हैसियतमा क्षेत्र नं १ का प्रतिनिधि सभा उमेद्वार चक्रपाणी खनाल बलदेव रहेको हुदाँ जिल्ला लाई नै अवसर हुने चर्चा चलेको हो ।
खनाल माओवादी केन्द्र का अध्यक्ष प्रचण्डका निकटतम विश्वास पात्र रहेको र देशभर गठबन्धनकै लहर अनुसार सरकार उसैको बन्ने भएपछी कपिलवस्तुबाट जिते मन्त्री बन्नेमा ढुक्क रहेको पनी चर्चा छ । माओवादीमा केही नेताहरुले नेकपा विभाजन हुदाँ एमालेतिर लागेको र बलदेव पार्टी सचिव जस्तो नेतृत्वमा रहेका कारण पनी भनेजस्तो मन्त्रालय कपिलवस्तुले पाउने तर्क हुने गरेका छन् । रुपन्देहीको बुटवल, तिलोत्तमा, लुम्बिनी, क्षेत्र विकास भैरहदा भगवान गौतमबुद्धले २९ वर्ष विताएको तिलौराकोट ओझेलमा पर्नु त्यसको ज्वलन्त उदाहरण हो ।
बलदेवले अव बिकासको र देशको निकासका लागि सत्ता गठबन्धनको सहकार्य बर्षौसम्म अगाडी जाने बताउदै यही गठबन्धनले कपिलवस्तुको विकासमा नेतृत्वदायी भूमिका खेल्ने बताउदै आएका छन् ।








प्रतिक्रिया