ब्रेकिंग न्युज

एमालेका उम्मेद्वारलाई जिताउन युवाहरु उत्साहित : अध्यक्ष क्षेत्री



कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले कपिलवस्तुका ३ वटै क्षेत्रमा नेकपा (एमाले) का उम्मेद्वारहरु विजयी हुने दावी गर्नुभएको छ । पार्टीका उम्मेद्वारलाई जिताउनका लागि निर्वाचनको मिति घोषणा भएको दिन देखिनै जिल्लाका हरेक क्षेत्रमा युवा परिचालनसंगै खटिनुभएका क्षेत्रीले यस्तो बताउनुभएको हो । जिल्लाको नेतृत्व पाएसंगै सम्पुर्ण युवाहरुलाई समावेश गरि सक्रिय बनाउनुभएका जिल्ला अध्यक्ष क्षेत्री प्रति युवाहरु उत्साहित भएका छन् ।


पार्टीको जिल्ला कमिटी सदस्य समेत रहनुभएका क्षेत्रीले पार्टीका उम्मेद्वारहरुलाई जिताउनका लागि जिल्लाका सबै युवाहरु सक्रियताका साथ लागिपरेको बताउनुभयो । जिल्लाका ३ वटै क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक सबै उम्मेदेवारहरुको सुरक्षा र समन्वय गर्दै निर्वाचनलाई सफल पार्ने अभियानमा आफु लागिपरेको अध्यक्ष क्षेत्रीले बताउनुभएकोे छ ।


अध्यक्ष क्षेत्रीले आसन्न निर्वाचनमा आज राती १२ बजेबाट मौन अवधी सुरु हुने भएकाले निर्वाचन सम्पन्न नहुंदा सम्मका लागि पार्टीका उम्मेद्वारको सुरक्षा र समन्वय गर्न पनि जिल्लाका सबै पालिका कमिटीलाई निर्देशन समेत दिनुभएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६