प्रदेश

दाङमा श्रीमानले गरे श्रीमतीको हत्या



दाङ, ०२ मंसिर । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका–१ क्विरेनीका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिमेकीले बोटेलाई ढोका बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए । छोराछोरी मामाघर गएका बेला श्रीमान् श्रीमतीबीच झगडा भएपछि लालबहादुरले श्रीमतीको हत्या गरेका प्रहरीले जनाएको छ ।लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको छ ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६