ब्रेकिंग न्युज

विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटियो



विराटनगर : विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो।सडकको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

उनका अनुसार शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेको छ। उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ।
सेनाको टोली घटनास्थल आइपुगेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने प्रहरीले जनाएको छ। आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित एवं मतदातालाई त्रसित पार्ने उदेश्यले त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित : ३ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६