प्रदेश

कपिलवस्तु कारागारका सबै कैदी बन्दीद्धारा मतदान



तौलिहवा, ०४ मंसिर ।

जिल्लाको कपिलवस्तु कारागारका कैदी बन्दीले मतदान गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत भइरहेको निर्वाचनमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन्।

कारागारमा रहेका ५७ जना कैदीबन्दी मध्ये ५६ र तीन जना नेपाली सेना गरेर ५९ जनाले मतदान गरेका कपिलवस्तु कारागारका जेलर मनोज सैनीले बताउनुभयो । त्यस्तै ५७ जना मध्ये एक जना रिहा भइसकेको जेलरको भनाइ छ।

विभिन्न अभियोगमा कारागारमा रहे पनि मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले पहिलो पटक मतदान गर्न पाउने व्यवस्था गरिएको थियो। कैदीबन्दीलाई अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने व्यवस्था गरिएको उहाँको भनाइ छ। कपिलवस्तु कारागारमा चार सय ६९ जना कैदीबन्दी रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार दिउँसो २ बजेसम्म ५८ प्रतिशत मत खसेको छ। जिल्लाका दुई सय ३५ मतदानस्थलमा चार सय ७३ मतदान केन्द्र निर्धारण गरिएको छ।

प्रकाशित : ४ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६