काठमाडौं ५ मंसिर। काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो ।यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र उम्मेदवार पनि छन् ।
५ मंसिर २०७९, सोमबार








प्रतिक्रिया