ब्रेकिंग न्युज

ललितपुरको तीन वटै क्षेत्रमा एमालेको अग्रता



ललितपुर ५ मंसिर।ललितपुरको तीन वटै क्षेत्रमा एमालेको अग्रता, लौरो र घण्टीको राम्रो मतललितपुरको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर १ मा १२८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार कांग्रेसका उदय शमशेर राणाले ४०२ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन् । यस्तै ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।यसैगरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेका अमृत खड्काले अग्रता बनाएका छन् । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की रहेकी छन् । १३०० मत गणना हुँदा खड्काले ५१६ मत पाएका छन् भने कार्कीले ४९८ मत पाएकी छन् । यस्तै माओवादी केन्द्रकी २९८ मत पाएकी माओवादी केन्द्रका पम्फा भुसाल तेस्रो स्थानमा छन् ।

प्रकाशित : ५ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६