कपिलवस्तु, ०५ मंसिर ।
कपिलवस्तु क्षेत्र न. १ को मतगणना दिउँसो २ बजेदेखि सुरु हुन भएको छ । विहान ९ बजे देखि बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतपत्र गन्न सुरु गर्ने निणर्य गरेको हो ।
मत गणना सिसिटीभि क्यामराको निगरानिमा पुर्ण शुरक्षित तरीकाले हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
क्षेत्र न. १ को मतगणना बाणगंगा वडा न. ४ मा रहेको बाणगंगा माध्यामिक विद्यालय गजेहडामा हुनेछ ।
त्यस्तै कपिलवस्तु नगरपालिकाको शभाहल तौलिहवामा प्रतिनिधी सभा क्षेत्र नम्बर–२ को मतगणनो २ बजेबाट सुरु हुने बताईएको छ ।
यस अघि क्षेत्र नम्बर–३ को नेपाल राष्ट्रीय माध्यामिक विद्यालय चन्द्रौटामा मतगणना सुरु भएको छ ।








प्रतिक्रिया