प्रदेश

समानुपातिकमा एमालेलाई अग्रता : प्राप्त मत ५० हजार नाघ्यो



काठमाण्डौ ६ मंसिर – समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ नेकपा एमालेले ५० हजार मत कटाएको छ । अहिलेसम्म समानुपातिक प्रतिनिधि सभातर्फ एमालेले ५३ हजार ३६० मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ४८ हजार ३७९ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले प्रतिनिधि सभा २३ हजार ५८१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले २० हजार ९ सय मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाको प्रतिनिधि सभा समानुपातिकतर्फ ११ हजार ४०५, जनमत पार्टीको ४ हजार ४६१, नेपाल मजदुर किसान पार्टीको ४ हजार १३३, जनता समाजवादी पार्टी, नेपालको ३ हजार ७७३, नेकपा ९एकीकृत समाजवादी० २ हजार ४८४, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २ हजार ६३ र अन्य दलको मत ९ हजार ९२७ रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६