प्रदेश

गगन थापा भारी मतान्तरले विजयी



काठमाडौं, ०६ मंसिर ।
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले विजयी भएका छन्। कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्। थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका थिए।

उनीहरूबीच सात हजारभन्दा बढीको मतान्तर छ। यहाँ ४५ हजार पाँच सय ३ मत खसेको थियो। यहाँ औपचारिक घोषणा हुन बाँकी छ।

काठमाडौं ४ मा यी दुई प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धाको इतिहास छ। २०७४ को निर्वाचनमा पनि यी दुईबीच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका छन्।

२०७० को चुनावमा पनि गगनले एमालेका उम्मेदवार निर्मल कुइँकेललाई हराएका थिए। थापा २०६४ सालमा समानुपातिकतर्फबाट सांसद भएका थिए।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६